resham : web/graphic designer

Tuesday, October 14, 2008

Mero Katha

म सोच्थे जिन्दगी पूर्णिमाको जून हो । औशीको रातपछी आउने पूर्णिमा हो जिन्दगी । यिनै मेरा पूर्णिमाका कथाहरु लेख् न बसेको म लेख्दा लेख्दै मेरो सुन्दर पूर्णेको जूनमा कालो बादल लाग्यो । टहटह जून् छर्दै हिडेको मिठो रातमा जून् त्यहि कालो बादलमा हरायो। चारैतिर कुकुरहरु भुक्न थाले । रातको शितल् जूनमा, बलेसि मुन्तिर घुर्ने मेरा जिन्दगीका परेवाहरु अँध्यारो रातमा कसैले मारिदिएछ । आज कहाँ गएर पोखुँ यी मनका ब्यथाहरु कसलाई सुनाउँ यी बेदनाहरु । यो छटपटी, यो जलन । मसगँ आज केहि छैन, रित्तो छु । तर पनि मेरो विगत पोख् न चाहनछु मनभरि पोख् न चाहन्छु । र त्यही अतीतमा डुबेर बाँचिरहेको म आज अझै डुब्न चाहन्छु ।
posted by ReSu at 12:56 PM

0 Comments:

Post a Comment

<< Home