resham : web/graphic designer

Friday, December 19, 2008

उनको सम्झनामा

सधै‌ साथ दिनेछु भनेकै थिएँ
उनले साथ दिएन त म के गरौ ।
सधै‌ उनको लागि बाँचौला भनेकै थिएँ
उनले अरुलाई नै ‌स्वीकार्यी त म के गरौ‌ ॥

जीवनको मोडमा धेरै चोटहरु खाएँ
तर पनि तिम्रौ लागि हाँसी रहेको छु ।
जीवनमा तिमीबाटै धोका पाएँ
तर पनि तिम्रौ लागि बाँचीरहेको छु ॥

अ‌गाल्यौ तिमी मलाई सधै आफ्नो भनेर
तर बिर्सिदियौ आज मलाई पराई ठानेर ।
जिन्दगीभर मलाई साथ दिन्छु भन्यौ विश्वास दिलाएर
तर छोडि गयौ आज मलाई जिउँदो लाश बनाएर ॥

बितेका क्षणहरु सम्झेर बसेको छु म
मुटुमा चोटहरु लुकाएर हाँसेको छु म ।
तिमी फर्की आउँछौ र आफ्नो बनाउँछौ भन्ने आशमा बाँचेको छु म ॥

मेरो सच्चा प्रेमको हार भएछ
यो मेरो जिन्दगी नै अब भार भएछ ।
ऊ मेरो आफ्नो नै पराई भएछ
अब मेरो बाँच्ने आधारनै के रहेछ ॥

साथ छोड्नु नै थियो त
मेरो साथ किन हिड्यौ‌ ।
आँशु नै दिनु थियो त
केही क्षणका लागि खुशीहरु किन दियौ ॥

सक्ने भए खुशीहरु बटुलेर तिमीसामु राखी दिन्थे ।
सक्ने भए मेरो जिन्दगी नै तिमीलाई सुम्पिदिन्थेँ ।
जिन्दगीभर तिम्रौ पूजा गरेर सँसारनै त्यागी दिन्थे ॥

आएको थियौ उजाड जिन्दगीमा फूल बनेर
छाडि गयौ मलाई मुटु घोच्ने काँडा दिएर ।
आएको थियौ जिन्दगीमा बिहानीको किरण बनेर
तर बिर्सिदियौ मलाई अन्धकारमा धकेलेर ॥

कोमल मुटुमा गहिरो चोट लगाईदियौ
निर्दोष आँखामा आँशुको सागर बगाई दियौ ।
आफू निर्दोष बनी दोष मलाई दिई बदनाम गराई दियौ ॥

चाहेको थिए कसैको हाँसोमा आफ्नो हाँसो मिसाउन
चाहेको थिए कसैको दुखमा आँशु पोखन
चाहेको थिए कसैको हरेक मोडमा साथ दिन ।
तर यी सब सपना रहेछ कति बेर लाग्दो रहेछ
यी सपनाहरु चकनाचूर गरेर जान ॥

posted by ReSu at 10:59 PM

0 Comments:

Post a Comment

<< Home